वीरगन्जमा राखेको पार्टीको बैठकमा जान असुरक्षा महसुस भयो : महेन्द्र राय

लोकपथ
14
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको बाबुराम पक्षधर केन्द्रीय समितिको विस्तारित बैठक भइरहेको छ । जडिबुटीको रोयल जडीबुटी पार्टी प्यालेसमा जारी बैठकमा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षीय नेताहरुले आफ्नो धारणा राखिरहेका छन् ।

केन्द्रीय समितिको विस्तारित बैठकमा जनता समाजवादी पार्टीका नेता महेन्द्रराय यादवले पार्टी नेतृत्वहरूबाट वीरगन्जमा केन्द्रीय समितिको बिस्तारित बैठक राखेका कारण असुरक्षा महसुस भएकाले जान नसकेको बताएका छन् । बैठकमा बोल्दै उनले जनता समाजवादी पार्टी निर्माण र विस्तारमा सबैको समान योगदान रहेकाले पार्टीलाई एक बनाइ राख्न सक्दो प्रयास गर्ने बताए ।

बैठकमा उनले भने, ‘वीरगन्जको पार्टीको बैठक राख्नुको सन्देश के हो ? काठमाडौंमा के असुविधा थियो र बिरगन्जमा पार्टीको विस्तारित बैठक गर्नु पर्यो ? उनले सास रहुन्जेल पार्टीलाई एक बनाउने प्रयासमा लाग्ने र अरु साथीहरूलाई पनि पार्टी एक ढिक्का राख्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?