काठमाडौं–सुन तस्करले सक्कली भनेर बिक्री गर्न ल्याएको सुन नक्कली भएपछि घटनाले अर्कै मोड लिनपुगेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विशेष सुराकीको आधार मङ्गलवार बिहान नागढुङ्गाबाट दुई किलो सुनसहित छ जनालाई पक्राउ गरेको थियो तर दिउँसो प्रहरी परिसर कार्यालय टेकुमा आयोजित पत्रकार सम्मेलनमा परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रामदत्त जोशीले बरामद सुन नक्कली भएको जानकारी दिए ।
उक्त सुन बोकेर ग्राहकको प्रतिक्षा गरिरहेका धादिङ गङ्गाजमुनाका अभिषेक तामाङ सहित छजनाको टोली सुन बेचेर करिब दुई करोड प्राप्त हुने लोभमा थिए ।
सुन पक्राउपछि प्रहरीको विशेष अनुसन्धान टोली समेत १५ देखि २० प्रतिशत कमिसन प्राप्त हुने आशमा थियो अाजकाे गाेरखापत्र दैनिकले खबर छापेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया