घरजग्गाको कारोबारलाई सहज बनाउन ‘घडेरी बजार’

लोकपथ
14
Shares

काठमाडौं । पुर्वाञ्चल विश्वविद्यालयबाट एमबिए उत्तीर्ण गरेका एक युवाले घडेरी बजार डटकमको सुरूवात गरेका छन् ।

घर जग्गा कारोबारमा हुने कमिसन प्रथालाई निरूत्साहन गर्न र खरिदकर्ता र बिक्रीकर्ता दुवैलाई प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क गराउने उदेश्यले घडेरी बजार डटकम सुरू गरिएको संचालक विपिन कंडेलले बताए ।

यदी कसैले घर जग्गा बिक्रि गर्न चाहेमा घडेरी बजार डटकममा गएर आफ्नो युजर एकाउन्ट बनाइ आफ्नो सम्पतिको सम्पुर्ण विवरणहरू, घर जग्गाको फोटो, मुल्य, ठेगाना र उपलब्ध सेवा सुविधाहरू साथै अन्य आवश्यक जानकारीहरू राख्न सक्नेछन् । साथै खरिदकर्ताले आवस्यकता र चाहना बमोजिम घर जग्गा छनोट गरि बिक्रिकर्तासँग कारोबार गर्न सकिने व्यवस्था मिलाउन खोजिएको कंडेलको भनाइ रहेको छ ।

घडेरी बजारमा गएर घर जग्गा सम्बन्धिको सम्पुर्ण समाचारहरू हेर्न र पढ्न पाउने सुविधा पनि उपलब्ध हुने बताइएको छ । साथसाथै यदी कसैले अपार्टमेन्ट बिक्री गर्न र खरिद गर्न चाहेमा सजिलै घडेरी बजारमा गएर त्यसबारे सम्पूर्ण जानकारी लिन सक्नेछन् र सिधै बिक्रेतासँग सम्पर्क गर्न सकिने छ ।

एक वर्ष अगाडि मात्र एमबिए उत्तीर्ण गरेका चितवनका उद्यमी युवा विपिन कंडेलले भि ग्रुप कन्स्ट्रक्सन एण्ड डेभलपर्स प्रा। लिको माध्यमबाट घडेरी बजार डटकम सुरू गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?