कर्मचारी समायोजनको कामलाई आगामी पुस मसान्तसम्म सक्छौं: मन्त्री पण्डित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहलाई आफै कर्मचारी राख्न दिने अवस्था नरहेको बताएका छन् ।

मंगलबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले स्थानीय तहलाई आफै कर्मचारी राख्न दिने अवस्थामा नरहेको बताएका हुन् । 

अहिले नासु र खरिदार तहका कर्मचारी बढी आवश्यक रहेको र लोकसेवा आयोगले सोही तहका दुई हजारको अन्तरवार्ता लिइरहेकोले तत्काल समस्या समाधान हुने उनको दावी थियो । बैठकमा मन्त्री पण्डितले मालपोत, यातायात, अध्यागमन, वैदेशिक रोजगारी, भन्सार लगायतका कार्यालयमा नयाँ कर्मचारी मात्रै राख्ने तयारी गरिएको समेत बताएका छन् । 

मन्त्री पण्डितले अहिले तत्कालका लागि काठमाडौंमा बढी भएकाहरुलाई बाहिर पठाउने काम गरिरहेको बताए । 

कर्मचारी समायोजनको कामलाई आगामी पुस मसान्तसम्म सक्ने उनको भनाई थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?