५ दलीय गठबन्धन सरकार अविलम्व हटोस् : ओली

लोकपथ
35
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान ५ दलीय गठबन्धन सरकार अविलम्व हट्नुपर्ने बताएका छन् ।

शुक्रबार छवि कार्कीको १२ औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले देशको चाबी लिएरै ढुकुटी लुट्ने काम गठबन्धनको सरकारले गरेको आरोप लगाए । अध्यक्ष ओलीले अन्य सरकार भएको भए अहिलेसम्म मैनबत्ती झैँ पग्लिएर सरकारबाट हटिसकेको हुने भएपनि अहिलेको सरकार तमासा देखाएर बसेको बताए ।

उनले गठबन्धनको सरकारलाई अब स्वीकार्न नसकिने उल्लेख गर्दै गठबन्धन सरकार नराम्रा कामहरुको थुप्रो भएको बताए । अध्यक्ष ओलीले गठबन्धन सरकार नालायक र भ्रष्ट रहेको भन्दै सरकार आफैँ नहटे जनताले टिपेर मिल्काउनु पर्ने बताए ।

अध्यक्ष ओलीले नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवामा गलत गर्नेलाई कारबाही गर्ने हुत्ती नरहेको बताए । उनले अर्थमन्त्री जनार्दन शर्माले आफैँ राजीनामा दिएको तर राजीनामा नदिएको भएपनि कारबाही गर्ने आँट प्रधानमन्त्रीमा नरहेको बताए । उनले माओवादीले अनुपयक्त समयमा हतियार उठाएकै कारण हजारौं युवाशक्ति विदेश जानुपर्ने बाध्यता सिर्जना भएको बताए ।

उनले भने ‘यो सरकारको के काम ? लाज छैन, मल दिन सकेको छैन ? देशको अर्थतन्त्र यस्तो बनाएको छ । देशको साँचो लिएरै ढुकुटीमा गएर लुट्ने । यो सरकारको काम छैन । यो सरकार अविलम्व हट्नुपर्छ । अरु सरकार भएको भए मैन पग्लिए झैँ सकिन्थ्यो । यो केही लाज नै छैन । अब अति भन्दा पनि नाघ्यो । अब यो सरकार स्वीकार्य हुन सक्दैन । चुनावमा धाँदली, लुट हुन्छ । मतदातालाई कुटेर लखेट्छ । हरेकतिर विकासका आयोजनाहरु सबै कटौती गरेको छ । राम्रो एउटा छैन । सबै नराम्रा । यो सरकार नराम्रा कामको थुप्रो हो । एक वर्षमा एउटा राम्रा काम गरेन । यो सरकार नालायक, भ्रष्ट, अनैतिक छ । सरकारमा एकछिन पनि बस्न नमिल्ने, नहुने छ । यो सरकार हट्दैन भने जनताले टिपेर मिल्काउनु पर्छ, कांग्रेस त निरीह अब बोल्नै नसक्ने ? मन्त्रीले जस्तो गरेपनि कांग्रेस त हरेको हे-यै । कांग्रेससँग केही कदम चाल्ने दम र हुत्ती नै छैन । विचारै छैन । मन्त्रीले अहिलेपनि राजीनामा दिएर हो नत्रभने प्रधानमन्त्री  निकाल्छन् भन्ने त प्रधानमन्त्रीसँग कुनै मन्त्रीलाई कारबाही गर्ने निकाल्ने हुत्ती छ ? प्रचण्डका सपना के थिए ? अहिले छरपस्ट देखिएका छन् । प्रचण्डको त्यही अनावश्यक समयमा हतियार उठाउनाले देशका युवा खाडी जाने अवस्था सिर्जना भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?