सरकारले किन फिर्ता लियो नागरिकतासम्बन्धि विधेयक ?

लोकपथ
0
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक वितरणमा देखिएको बाधा हटाउन ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिन खोजेको प्रष्टीकरण दिएका छन् ।

प्रतिनिधिसभामा गृहमन्त्री खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका छन् ।

उक्त प्रस्तावमाथि उठेका प्रश्न र विरोधको प्रस्तावमाथि जवाफ दिँदै उनले नागरिकता वितरणमा देखिएको बाधा हटाउन फिर्ता लिनुपरेको बताएका हुन् ।

साथै आजै बस्ने मन्त्रिपरिषद् बैठकले अर्को नागरिकता विधेयक ल्याउने जानकारी दिँदै उनले सरकार कोही पनि नागरिक नागरिकताबाट बन्चित हुन नपरोस् भन्नेमा सचेत रहेको बताए ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साल साउन २२ गते उक्त विधेयक संसदमा पेश गरेको थियो । ३ वर्षसम्म उक्त विधेयक विचाराधीन रहेको भन्दै सरकारले विधेयक हटाएर नयाँ विधेयक ल्याउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?