चिकित्सकको आन्दोलनलाई समर्थन गर्छौ : देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलीत चिकित्सकहरुको माग प्रति आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् । 

सोमबार बिहान चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले चिकित्सकहरुका माग जायज भएका बताउँदै आफ्नो पार्टीको समर्थन रहेको बताएका हुन् । 

सरकारका पछिल्लो कामकारबाही सहि ढंगले अघि नबढेको तर चौथो शिखर सम्मेलन ‘बिम्सटेक’ भने सफलतापूर्वक सम्पन्न भएको देउवाले बिताए ।  

देशमा पछिल्लो समयमा बढ्दो बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै सभापति देउवाले दोषीको पहिचान गरी कारबाही गराउन सरकार असफल भएको टिप्पणी समेत गरे ।

चिकित्सकहरुले आइतबारदेखि काठमाडौं उपत्यका लगायत देश भरका उपचार सेवा ठप्प पारेका छन् ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?