‘अब हाम्रो ध्यान निर्वाचनमा उत्कृष्ट नतिजा ल्याउँनेमा छ’

लोकपथ
7
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी प्रदेश र संघको चुनावमा उत्कृष्ट नतिजा ल्याउनेमा सम्पूर्ण ध्यान केन्द्रीत गरिने बताएका छन् ।

पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले सबै प्रदेश समन्वय समिति बनाएर फिल्डमा खटिने बताए । ‘अब निर्वाचनमा उत्कृष्ट नतिजा ल्याउनु छ । त्यसका लागि सबै प्रदेशमा समन्वय समिति बनाइने छ ।

त्यो समितिले फिल्डमा खटाउने छ’ प्रचण्डले भने,‘ चुनावलाई केन्द्रीत गरेर कार्यक्रमहरु बनाउँने छौ । त्यस अनुसार योजना बनाउनेतिर हामी केन्द्रित हुन्छौँ ।’ अरु पार्टीमा कुनै नयाँ खालका संचरना नबनाई ने प्रचण्डले बताए ।‘ कुनै नयाँ संरचना बनाइँदैन । विधानबाहिर गइँदैन । आफैले बनाएको वैधानिक व्यवस्थालाई टेकेर गरिन्छ । कोही यसमा चिन्तित हुनपनि पदैन ।’ प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?