पहिरोका कारण आज यी सडक छन् अवरुद्ध

लोकपथ
133
Shares

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगास्थित बेनी मालढुंगा सडक खण्डमा गएराति पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

दार्चुलाको महाकाली नगरपालिका–८ असिगडामा बिहीबार बिहान अबिरल वर्षाको कारण सडक माथिबाट ढुंगा माटो बगि सडकमा आउँदा दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडीमा बिहीबार बिहान अविरल वर्षाको कारण पहिरो आउँदा गोकुलेश्वर–दार्चुला सडकखण्ड अवरुद्ध भएको छ ।

नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सबै ठाउँको सडक खुलाउन आवश्यक पहल गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?