काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा उठेका विविध विषयमा जवाफ दिइरहेका छन् ।
विभिन्न ९ एजेण्डाहरु तय गरि आइतबारबाट बैठक सुरु भएको छ । मंगलबारसम्मका लागि तोकिएको बैठक मंगलबार र बुधबार स्थगित गरिएको थियो ।
आजको बैठकले पार्टी पदाधिकारी, पोलिटब्युरो र स्थायी कमिटी गठन गर्ने तयारी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया