सहमति भएको विषय समेटेर नागरिकता विद्येयक आउँछ : राजेन्द्र महत्तो

लोकपथ
0
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले राजनीति दलबीच मिलेका विषयलाई समेटेर नागरिकता विद्येयक ल्याउन लागेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा भाग लिन पुगेका महतोले बिहीबराको संसदको बैठकमा नयाँ नागरिकता विद्येयक पेश हुन लागेको बताएका हुन् ।

‘विगतमा राजनीतिक दलबीच भएका सहमतिका बुँदालाई समेटेर मात्रै नयाँ विद्येयक ल्याउन लागिएको छ,’ महतोले भने, ‘जुन विद्येयकले जन्मसिद्ध नागरिकताको सन्तानको समस्या समस्या समाधान गर्नेछ ।’ उनका अनुसार गृहमन्त्री बालकृष्ण खाडले बिहीबार बस्ने संसद बैठकमा विद्येयक पेश गर्ने सूचना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?