काठमाडौं । शनिबार दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका गुण्डा नाइके दावा लामालाई भारतीय प्रहरीले ‘फेक करेन्सी’मा अनुसन्धान शुरु गरेको छ ।
काभ्रेली समूहका दावामाथि कलकत्ता प्रहरीले अनुसन्धान शुरु गरेको सुरक्षा अधिकारीहरुले पुष्टि गरेको छ । कलकत्ता प्रहरीले दावालाई ‘मोस्ट वाण्टेड’ सूचीमा राखेको सुरक्षा स्रोतले जनाएको छ ।
कलकत्ता प्रहरीमा नक्कली भारतीय रुपैयाँ कारोबार गरेकोबारे एफआईआर (प्राथमिक सूचना रिपोर्ट) दर्ता भएको नेपालस्थित एक उच्च सुरक्षा अधिकारीले जनाएको छ । अहिले दावामाथि कलकत्ता प्रहरीले अनुसन्धान थालेको सूचना आएको सुरक्षा अधिकारीले बताए ।
कलकत्ता प्रहरीको आग्रह पछि पक्राउ परेका दावालाई दिल्लीबाट कलकत्ता लगिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया