२ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

लोकपथ
14
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक १ बजेसम्म बस्न नसकेपछि सभामुख सापकोटाले २ बजेसम्मको लागि बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण प्रकरणमा अनाधिकृत व्यक्तिहरुको प्रवेश गराएको भन्ने आरोपपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज संसदमा चर्को विरोधको तयारी गरेको थियो । बजेट निर्माणका बेलाको अर्थमन्त्रालयको सिसिटिभि फुटेज एमालेले माग गरिरहेको छ । तर अर्थमन्त्रालयले भने आइतबार नै त्यो फुटेज डिलेट भएको बताएसँगै एमाले मात्र नभइ सत्तारुढ दलले समेत अर्थमन्त्रीको गतिविधि शंकास्पद रहेको भन्दै राजीनामा माग गरिरहेका छन् ।

सो क्रममा आज बैठक बस्नुअघि सभामुखले एमालेसँग परामर्श गरेका थिए । तर निष्कर्ष ननिस्किएपछि सभामुखले बैठक नै सारेर थप छलफल गरेका हुन् ।

चौतर्फी विरोध भएसँगै अर्थमन्त्री शर्माले आज संसदमा जवाफ दिने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?