काठमाडौ : भारतमा हुन लागेको सैन्य अभ्यासमा नेपालको सहभागीता देशको हित विपरीत हुने देखिएको छ ।
भदौको अन्तिम सातादेखि भारतमा सो संयुक्त सैनिक अभ्यास हुन लागेको हो ।
त्यसमा नेपालले सहभागीता जनाउनुलाई सम्बद्ध विज्ञ तथा जानकारहरूले यो हित विपरीत नहुने धारणा व्यक्त गरेका हुन् ।
भारतले चीन र पाकिस्तानलाई आफ्नो सैन्य तागत देखाउने मनसायले सो सैनिक अभ्यास गरिरहेको देखिएको छ ।
सरकारले दक्षिण र दक्षिण पूर्वी एसियाका सात मुलुक सदस्य रहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको छातामुनि यो संयुक्त सैनिक अभ्यास हुन लागेको जनाएको हो ।
सैनिक अभ्यासको बचाउँदै सरकारले यो कुनै पनि मुलुकप्रति रणनीतिक रूपमा लक्षित नरहेको जनाएको छ ।
झण्डै तीन साता अघि नेपाली सेनाले सो सैनिक अभ्यासमा सहभागीता जनाउनका लागि ५ अधिकृतसहित ३० जनाको एक टोली छनोट ग-यो ।

अब त्यो निर्णयबाट नेपाली सेना र सरकार कोही पनि अस्वीकार गर्ने स्थितिमा रहेको छैनन् ।
यो निर्णयबारे सत्तारूढ दलका नेता तथा पूर्व रक्षामन्त्री भीम रावलले असहमति जनाएका छन् ।
रावले यो निर्णय सच्च्याउनु पर्ने धारणा सार्वजनिक गरेका छन् ।
नेपाली सेनाका पूर्व पदाधिकारीहरूले पनि यस्तो धारणा व्यक्त गरेका छन् ।
माओवादी सेना समायोजनमा समेत संलग्न पूर्वरथी बालानन्द शर्माले कुनै देश विशेषप्रति लक्षित सैनिक अभ्यासमा नेपालको सहभागीता भएजस्तो देखिएको बताएका छन् ।
उनका अनुसार यसका लागि केही प्रक्रिया पनि मिचिएिको छ ।
नेपाल भित्र नेपाली सेना परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को निर्णय लिनुपर्छ ।
त्यो निर्णयलाई मन्त्रिपरिषद्बाबट पारित गराई राष्ट्रपतिको अनुमोदतन गराउनुपर्ने नियम रहेको छ ।
३० दिन भित्र संसदबाट अनुमोदन गराउनु पर्नेमा त्यसो गरिएको पाइएको देखिएको छ्रैन् ।
बिम्स्टेकका सदस्य मुलुकहरू नेपालसहित भारत, भुटान, बांग्लादेश, श्रीलंका, थाइल्यान्ड र म्यान्मारले भारतको प्रस्ताव स्वीकारेका छन् ।
त्यस अनुसार भदौ २५ देखि ३१ गतेसम्म भारतको महाराष्ट्रस्थित पूनेमा संयुक्त सैन्य अभ्यास तय भएको छ ।
दक्षिण एसिया क्षेत्रका देशहरूको सहभागीतमा कुनै क्षेत्रीय संगठनको छातामा हुन लागेको यो संयुक्त सैनिक अभ्यासमा यो पहिलो पटक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया