काठमाडौं । काठमाडौं महानगरपालिका- १६ का वडा अध्यक्ष मुकुन्द रिजालले मंगलबार भएकाे कार्यपालिका बैठकमा ल्याएकाे एउटा प्रस्तावले अहिले चर्चासँगै वाहवाहीकाे विषय बनेकाे छ ।
रिजालले जनप्रतिनिधिहरूको तलब–सुविधा काटेर त्यो रकम विकासको काममा खर्च गर्न प्रस्ताव गरेका छन् । उनले आफू पनि सेवा-सुविधा नलिने र अरुलाई पनि नलिन आग्रह गरेका छन् ।
नगरसभा बैठकमै ल्याएकाे यस प्रस्तावका कारण उनी अहिले चर्चामा छन् ।
नगरसभा बैठकमा अरु जनप्रतिनिधिले पाेशाककाे माग गरिरहँदा उनले भने आफ्नाे फरक मत राखेका हुन् । उनले भनेका छन्, ‘हामी जनप्रतिनिधि हाैँ । जनताकाे सेवा गर्न आएका हाैँ । पाेशाक पनि हामी आफैले किन्नुपर्छ र हाम्राे सेवा सुविाधा कटाएर कर्मचारीलाई दिने र विकासका काममा लगाउनु पर्छ ।’
साथै रिजालले जनप्रतिनिधिसँग भएको गाडी-घोडा तथा मोबाइल पनि फिर्ता लिन महानगरलाई अनुरोध गरेका छन् ।
मुकुन्द रिजालकाे भनाइ अनुसार काठमाडाैं महानगरमा जनप्रतिनिधिको तलब–भत्ता बापत मासिक ५५ देखि ६० लाख खर्च हुने गरेकाे छ ।
यस हिसाबमा वर्षको ६ करोड रुपैयाँ र पाँच वर्षमा ३० करोड बचत हुने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया