सांसदलाई रातो पासपोर्टः विधेयक फेर्ने चलखेल

काठमाडौं–सांसदले निजी काममा विदेश जाँदासमेत कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न पाउने गरी कानुन बनाउन चलखेल थालेका छन् ।  आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यसका लागि उनीहरूले राहदानीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक आफूअनुकूल फेर्न संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संघीय संसदका सांसदले सरकारी काममा विदेश जाँदा मात्रै रातो पासपोर्ट प्रयोग गर्न पाउने प्रावधान छ ।

सांसदले निजी प्रयोजनले विदेश जाँदासमेत रातो पासपोर्ट प्रयोग गर्न पाउने गरी संशोधन प्रस्ताव हालेका छन् ।

सांसदहरूले राहदानीसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा परिचयपत्र पेस गरेको आधारमा रातो पासपोर्ट पाउनुपर्ने र व्यक्तिगत काममा विदेश जाँदा पनि त्यसलाई प्रयोग गर्न पाउनुपर्ने माग गरेका छन् । केही सांसदले भने संघीय सांसदलाई रातो पासपोर्ट र प्रयोगसम्बन्धमा छुट्टै कार्यविधि बनाउनुपर्ने व्यवस्था राख्न संशोधन हालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?