प्रचण्डलाई थप अधिकार : पोलिटब्यूरो, स्थायी कमिटि र पदाधिकारी चयनको जिम्मा

लोकपथ
0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी, पोलिटब्यूरो र स्थायी कमिटि गठनको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।

मंगलबार बिहान प्रचण्ड निवास खुमालटारमा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले सो जिम्मेवारी प्रत्यायोजन गरेको हो ।

प्रचण्डले आजको केन्द्रीय कमिटी बैठक नै रोकेर पदाधिकारी छनोटको विषयमा छलफल गरेका थिए ।

भोलिको बैठकले १२५ सदस्यीय पोलिटब्यूरो, ४१ जना स्थायी कमिटी र पदाधिकारीको चयन गर्ने एक नेताले बताए ।
गत पुसमा माओवादीको आठौँ महाधिवेशनबाट प्रचण्ड पुनः पार्टी अध्यक्ष बने पनि अन्य पदाधिकारी भने अझैसम्म टुंगिन सकेको छैन ।

महाधिवेशनले पदाधिकारी चयनको जिम्मेवारी केन्द्रीय कमिटीलाई दिएको थियो ।

पदाधिकारी चयन लगायत विभिन्न ९ एजेण्डासहित आइतबारबाट केन्द्रीय कमिटी सुरु भएको छ ।

अध्यक्ष प्रचण्डले सकेसम्म पदाधिकारी सहमतिबाट चयन गर्नुपर्नेमा जोड दिएका छन् ।

आजको बैठकमा प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको थियो । तर आज तयारी नपुगेको भन्दै भोलिको लागि बैठक सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?