कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बछुरियाक घर भएकी बालिका भदौ १३ गते राति करिब १० बजे बलात्कृत भएकी हुन् । तर, बालिकाका आफन्तले भदौ १५ गते अर्थात शुक्रवारमात्रै प्रहरीमा उजुरी दिएका छन् ।
उजुरीमा गाउँकै ३३ वर्षीय हर्क कुँवरले घरमा कोही नभएको मौकाछोपी बालिकामाथी बलात्कार गरेको उल्लेख छ । बलात्कार गरि फरार भएका भनिएका कुँवरको खोजी भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
पीडित बालिकाको अहिले टिकापुर अस्पतालमा उपचार भइरहेको छ । बलात्कृृत बालिकाको आमाबुवा अछाममा बस्दै आए पनि बालिका भने घोडाघोडी नगरपालिका वडा नं ६ बछुरियामा बाजेसँग बस्दै आएकी छन् ।
बाजे पनि घरमा नभएको बेला बालिका बलात्कृत भएकी हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया