काठमाडौंमा जमिन फाटेर ४ घर भत्किए

काठमाडौं – बूढानीलकण्ठ नगरपालिका बिष्णुमती टुसालमा शुक्रबार जमिन फाटेर चार घर भत्किएकाे खबर अाजकाे कान्तिपुर दैनिकमा छापिएकाे छ  ।

आजको कान्तिपुरको पृष्ठ ५ मा छापिएको समाचार अनुसार, थप १४ घरसमेत धरापमा परेका छन् । १४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

जमिन चिरा परेर फाटेपछि चित्रबहादुर बस्नेत, राधिका धिताल, बीरबहादुर तामाङ र सुशीला बस्नेतको घर भत्किएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?