काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले फेवा ताल भूमाफिया र दलालहरुको चंगुलमा फसेको बताएका छन् ।
सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद देवकोटाले फेवा तालको निरन्तर दोहोन भइरहँदा पनि यसको गरिमालाई धुमिल पार्न सरकारी संयन्त्रहरु नै सक्रिय रहेको उल्लेख गरे ।
त्यस्तै उनले फेवा ताल आसपासका सिमसार क्षेत्रमा जग्गा प्लटिङको काम भइरहेको भन्दै त्यसो गर्नुमा शहरी विकास मन्त्रालयको समेत भुमिका रहेको बताए । फेवातालको संरक्षणमा तीनै तहको सरकारको ध्यान जानुपर्ने उनले बताए ।
त्यस्तै अर्का सांसद उदयबहादुर बोहोराले संघीयतालाई सफल बनाउन तीनै तहको सरकारमा सोही अनुरुपको चिन्तन हुनुपर्ने बताएका छन् ।
सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद बोहोराले संघीयतालाई सशक्त र बलियो बनाउनुपर्ने बताए । उनले संघीयताको प्रणालीमा गएपनि चिन्तन भने सो अनुसार हुन नसकेकाले संघीयता अनुरुपको चिन्तन तीनै तहको सरकारमा हुनुपर्ने बताए । उनले तीनै तहको सरकारमा अधिकार बाँडफाँड हुनुपर्नेमा जोड दिए ।
त्यस्तै राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंहले सरकारले एमबिबिएसको कोटा घटाएकोमा असन्तुष्टि व्यक्त गरे । उनले एमबिबिएसको कोटा नघटाउन सरकारसँग माग गरे । उनले नागरिकता ऐन ल्याउन सरकारले कन्जुस्याँइ गरेको भन्दै छिट्टै नागरिकता ऐन ल्याउन माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया