१८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै चौथो बिम्सटेक सम्मलेन सम्पन्न

काठमाडौं । १८ बुँदे घोषणा पत्र जारी गर्दै चौथो बिम्सटेक सम्मेलन सम्पन्न भएको छ । 

प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक) शिखर सम्मेलनको दोस्रो दिन एजेण्डामाथि छलफल सकेर १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलनको समापन भएको घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । 

घोषणापत्रमा सातवटै सदस्य राष्ट्रका सरकार प्रमुखहरुले हस्ताक्षर गरेका छन् । 

यसक्रममा ‘ग्रिड इन्टरकनेक्सन’का विषयमा ‘बिम्सटेक’ राष्ट्रहरुबीच ‘एमओयु’मा समेत समझदारी भएको र बिम्सटेक राष्ट्रका विदेशमन्त्रीहरुले हस्ताक्षर गरे ।

बिहीवारबाट काठमाडौंमा चौथो बिम्सटेक शिखर सम्मेलन शुरु भएको थियो । 

सम्मेलन सम्पन्न अगावै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किसकेकी छिन् भने म्यान्मारका राष्ट्रपति विन मिन्ट मध्याह्न ४ बजे, थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान ओचा ४ः३० बजे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज राती ८ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?