काठमाडाैं । नेकपा माओवादी केन्द्रले प्रवासमा आफ्ना १० हजार सदस्य रहेको बताएको छ । पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै प्रवास समन्वय कमिटीका अध्यक्ष ओम शर्माले सो कुरा बताएका हुन् ।
आइतबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा प्रवास समन्वय कमिटीका अध्यक्ष शर्माले प्रवासमा पार्टीका क्रियाशील तथा संगठित बनाउन आवश्यक रहेको समेत औल्याएका छन् । उनले प्रवासमा रहेका पार्टी समर्थकलाई संगठित गराउन प्रवास समन्वय कमिटी क्रियाशील रहेको भन्दै पार्टी बनाउन प्रवासमा रहेकाहरुको पनि भूमिका रहने बताए ।
बैठकमा बोल्दै पार्टीभित्र कतिपय कमीकमजोरी रहेको र त्यसलाई सच्याउदै अघि बढिनुपर्नेमा जोड उनले दिए । ब्लड सेलहरु मरेको भन्दै नयाँ रक्तसञ्चार जरुरी रहेको उनले बताए ।
विभिन्न एजेण्डासहित माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट काठमाडौंमा सुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया