बिम्सटेकका चार भीभीआईपी आज स्वदेश फर्किदै

काठमाडौं । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक) शिखर सम्मेलनमा सहभागी हुन आएका भीभीआईपी मध्ये चार देशका राष्ट्रपति÷प्रधानमन्त्री आज (शुक्रबार) स्वदेश फर्किदै छन् । 

बिहीबार बिहान नेपाल आएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सम्मेलन नसकिँदै आज बिहान ११ः३० बजे स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

आफ्नो देशमा चलिरहेको राजनीतिक आन्दोलनका कारण हसिना सम्मेलन नसकिँदै स्वदेश फर्कन लागेको बताइएको छ । 

त्यस्तै म्यान्मारका राष्ट्रपति विन मिन्ट मध्याह्न ४ बजे, थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान ओचा ४ः३० बजे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राती ८ बजे स्वदेश फर्कने कार्याक्रम तय भएको छ । 

बिहीबार काठमाडौं आइपुगेका मोदीले स्वदेश फर्कनुअघि पशुपतिमा निर्मित धर्मशाला उदघाटन गने कार्यक्रम छ । 

सम्मेलनपछि प्रधानमन्त्री केपी शर्मा ओली र मोदीको उपस्थितिमा रक्सौल–काठमाडौं रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतापत्रमा समेत हस्तक्षार हुने कार्यक्रम तय भएको छ ।

भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक शनिबार र श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना भने आइतबार स्वदेश फर्कने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?