काठमाडौं । बहुक्षेत्री प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालका खाडीका देशहरुको प्रयास (बिम्सटेक) को शिखर सम्मेलन काठमाडौंमा जारी छ ।
भदौ १४ (बिहिबार) देखि शुरु भएको सम्मेलनक आज १५ गते (शुक्रबार) अन्तिम दिन पनि हो ।
बिम्सटेक सम्मेलनमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, नेपालका प्रधानमन्त्री केपीशर्मा ओली, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यानको सहभागितारहेको छ । सम्मेलनको अध्यक्षता नेपालकातर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन् ।
राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीचको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) जारी छ ।
बिम्सटेक सदस्य राष्ट्रका राष्ट्राध्यक्ष–सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको ताहाचलस्थित होटल सोल्टीमा रिट्रिट भइरहेको हो ।
सोल्टी होटलको पौडी पोखरी परिसरमा आयोजना गरिएको रिट्रिटमा अहिले सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखँगै उनीहरूका जीवनसाथी सहभागीता रहेको छ ।
बिम्सटेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा उनकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थलमा सदस्य मुलुकका राष्ट्राध्यक्ष–सरकार प्रमुख तथा उनीहरुका जीवनसाथीलाई स्वागत गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया