नेपालका प्रथम गायक एवं नाट्यकर्मी हरिप्रसाद रिमालको निधन

काठमाडौं । नेपाली नाटक र चलचित्र जगतका प्रख्यात अभिनेता तथा निर्देशक हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ ।

शुक्रबार बिहान १ बजेर पाँच मिनेटमा बानेश्वरस्थित आफ्नो नीजि निवासमा उनको निधन भएको हो । 

उनले ‘आमा’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’ लगायतका फिल्ममा अभिनय गरेका थिए।  उनी कला, गायन, निर्देशन, सङ्गीत र अभिनय सबैमा अब्बल मानिन्छन्। बालकृष्ण समका चेला हरिप्रसाद रिमाल ‘भीमसेनको अन्त्य’  र ‘मुकुन्द इन्दिरा’ जस्ता ऐतिहासिक नाटकमा अभिनयका साथै गायनबाट चिनिएका हुन्।

वि.सं. २००७ सालमा स्थापित रेडियो नेपालका संस्थापक सदस्यसमेत रहेका रिमालले शङ्कर लामिछानेको रचनामा सङ्गीत र स्वर दिएर नेपालका प्रथम गायक बनेका थिए। 

उनको पार्थिव शरीरलाई अहिले बिहान १० बजेसम्म निवासमा राखिने र त्यसपछि आजै  पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?