नेपालमा २५ लाखले चलाउँछन् मोटरसाइकल

काठमाडौँ- नेपालमा मोटरसाइकल चढ्नेको सङ्ख्या अन्य सवारी साधनको तुलनामा अत्यधिक बढेको छ । दर्ता भएका सवारी साधनमध्ये ७८ प्रतिशत मोटरसाइकल छन् । यातायात व्यवस्था विभागका अनुसार नेपालमा ३२ लाख २१ हजार ४३ वटा सवारी साधन छन । जसमध्ये २५ लाख ३० हजारवटा मोटरसाइकल दर्ता छन् ।
पछिल्लो समय वार्षिक औषत चार लाख मोटरसाइकल दर्ता भएको पाइन्छ । आर्थिक वर्ष २०७३/७४ मा तीन लाख ७५ हजार ७१ वटा मोटरसाइकल दर्ता भएका थिए । २०७४/७५ मा तीन लाख ४१ हजार ६३२ वटा मोटरसाइकल दर्ता भएका छन् । चालू आर्थिक वर्षमा सबैभन्दा बढी तीन नम्बर प्रदेश साविकको बागमती अञ्चल यातायात कार्यालयमा मोटरसाइकल दर्ता भएका छन् । २०७४/७५ मा एक लाख चार हजार ४४४ वटा मोटरसाइकल दर्ता भएका छन् । सबैभन्दा कम कर्णालीमा २६० वटा मोटरसाइकल दर्ता भएको विभागले जनाएको छ । गाेरखापत्र दैनिकले यसबारे खबर छापेकाे छ ।
विभागका अनुसार कार तथा जीप र भ्यान चढ्नेहरूको सङ्ख्या पनि वृद्धि भएको छ । बागमतीमा एक वर्षमा चार हजार चार सयवटा कार तथा जीप दर्ता भएका छन् । आव २०७३÷७४ मा २१ हजार दुई सय ९२ वटा कार जीपहरू दर्ता भएका छन् । आव २०७४÷७५ मा २४ हजार तीन सय ३८ पुगेको छ । देशभर दुई लाख ३७ हजार छ सयवटा कार तथा जीप दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?