भीभीअाईपीको उद्घाटन मन्तव्यमा यस्ताे तनाव

काठमाडौं- विहीबारबाट शुरु भएको बिमस्टेक चौथो शिखर सम्मेलनका क्रममा भाषाका कारण सञ्चारकर्मीले समस्या भोग्नु प¥यो ।
सम्मेलनको उद्घाटन सत्रमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद , प्रधानमन्त्री के.पी. शर्मा ओली र भूटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ्ग वानचुकले अंग्रेजीमा सम्बोधन गरे  भने अन्य सरकार प्रमुख तथा राष्ट्र प्रमुखले आआफ्नो राष्ट्रिय भाषामा सम्बोधन गरे। गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।
सम्मेलनको सभाहल भित्र दोभाषेको प्रयोग गरिएको भए पनि मिडिया सेन्टरमा बसेका पत्रकार तथा प्रत्यक्ष प्रशारण हेरि रहेका दर्शकलाई भने भाषाले निकै समस्या बनायो ।

परराष्ट्र मन्त्रालयले पनि सम्बन्धित देशका प्रतिनिधिसँग उनीहरूको मन्तव्यको अंग्रेजी अनुवाद माग्दा पछि उपलब्ध गराउने जानकारी गराएको मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले जानकारी दिए ।
विमस्टेक शिखर सम्मेलनमा मन्तव्यको क्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले मन्तव्यमा विमस्टेकसँग सम्बन्धि विषयवस्तु निकै कम थियो ।
उनले अधिकांश समय बंगलादेशमा के भई रहेको छ र के गर्ने सोच छ भन्ने कुरामा बिताइन् ।
 बंगालदेशमा हुन लागेको निर्वाचनका कारण पनि उनको भाषण आन्तरिक विषयमा केन्द्रित भएको अनुमान गर्न सकिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?