बिम्सटेक सार्कको विकल्प होइन पुरक हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्सटेक दक्षिण एशियाली सहयोग संगठन (सार्क) को विकल्प नभएको बताएका छन् । उनले बिम्सटेकले सार्कको विकल्प नभई पुरक रहन्छ भन्ने विश्वास आफूले लिएको बताए । 

काठमाडौंमा सुरु भएको चौथो बिम्सटेक सम्मेलनलाई सम्बोधन गर्दै ओलीले भने, ‘ विम्सटेकले सार्कको विकल्प होइन पुरक रहन्छ भन्ने म विश्वास गर्छु । यही नै हाम्रो वाचालाई यथार्थमा रुपान्तरण गर्ने समय हो । 

बिमस्टेकलाई विश्वले चासोका साथ हरेरिरहेको उल्लेख गर्दै ओलीले जनसङ्ख्या र अर्थतन्त्रको विशालताले बैठकले गर्ने निर्णयले  विश्वव्यापी प्रभाव कायम गर्ने धारणा राखे । 

बिम्सटेक संगठनले दक्षिण एशियालाई एशियासँग र हिमाललाई महासागरसँग जाड्ने बिचार व्यक्त गर्दै ओलीले यो क्षेत्रले  आर्थिक विकास गर्दै गर्दा कोही पनि पछाडि नछुटुन नहुनेमा जोड दिए । 
‘हामी प्राकृतिक प्रकोपलाई समान रुप भोगिरहेका छौं नै साथै हामी आफूले नगरेको काममा पनि सजाय भोगि रहेका छौं’, ओलीले भने, ‘हामी हिमालको काखमा छौं , हाम्रा नदीहरु हिमालय हुँदै बङ्गालको खाडीमा पुग्छन् र त्यहाँबाट बादल भएर पुन यही आईपुग्छन् । तीनको गढबढीले हिमनदी तथा बाढी हामीले भोगिरहेका छौं ।’

प्रकृतिले हिमालय र बङ्गालको खाडीमात्र निर्माण गरेको नभई औद्योगिक क्रान्तिको चरणमा रुपान्तरणको प्रक्रिया पनि तिब्र रुपमा भइरहेको ओलीले बताए । यसले सबै सदस्य राष्ट्रका बीचमा  अबसर र चुनौती दुबै रहेको ओलीको भनाई थियो । 

अहिलेको सन्दर्भमा युवाहरुमा लगानी गर्नुपर्नेमा जोड दिँदै ओलीले भने, ‘हामीले हाम्रो युवाहरुको उर्जालाई सक्दो उपयोग गर्नु पर्छ । युवा र बालबालिकामा लगानी गर्नु भनेको सम्वृद्ध भविष्यमा लगानी गर्नु हो ।’

आफू नेतृत्वको सरकारले सम्बृद्ध नेपाल र सुखी नेपालीको एजेण्डा अघि सारेको बताउँदै ओलीले यो लक्ष्य प्राप्त गर्नको लागि विदेशी मित्रराष्ट्रसँग सद्भाव र  सहकार्य चाहेको बताए । 
यस्तै उनले सरकार  लोकतन्त्र, मानवअधिकार, कानुनी राज्य र सुशासनप्रति प्रतिबद्ध रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?