काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना चौथो शिखर सम्मेलन नसकिँदै स्वदेश फर्किने भएकी छन् ।
प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक)को चौथो शिखर सम्मेलनमा भाग लिन बिहीबार बिहान मात्रै नेपाल आएकी बंगलादेशी प्रधानमन्त्री हसिना सम्मेलन नसकिँदै शुक्रबार स्वदेश फर्किन लागेकी हुन् ।
उनी शुक्रबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ ।
आफ्नो देशमा चलिरहेको राजनीतिक आन्दोलनका कारण हसिना सम्मेलन नसकिँदै स्वदेश फर्कन लागेको बंगलादेशका सञ्चार माध्यमले जनाएका छन् ।
विद्यार्थी आन्दोलन, पत्रकार पक्राउजस्ता कारण उनको भ्रमण छोट्टिएको ‘द डेलीस्टार डटनेट’मा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री हसिना बिहीबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछिन् । स्वदेश फर्कनुपूर्व शुक्रबार बिहान बंगलादेशी प्रधानमन्त्री हसिना ‘रिट्रिट’ मा सहभागी हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया