चक्रपथ सरसफाइ अभियानले चेलीलाई दियो ‘तीजको कोशेली’ (फोटो फिचर)

हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा  ‘चक्रपथ सरसफाइ अभियान २०७१’ ले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

अभियानले चक्रपथ सरसफाइमा अहोरात्र खटिने दिदीबहिनी तथा सक्रिय सदस्यको सम्मानमा हरितालिका तीजको शुभकामना आदानप्रदानसहित दर खुवाउने विशेष कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रमका सहभागिहरुले हरेक हप्ता सरसफाइ अभियान सञ्चालन गर्दा आइपरेका कठिनाइ तथा चुनौतीका विषयमा खुलेरै अनुभव साटासाट गरे ।

कार्यक्रममा दिदिबहिनिले घन्काएको नौमती र पञ्चेबाजाले  तीज विशेष कार्यक्रममा थप रौनकता थप्यो । 

चक्रपथ सरसफाई अभियानका संयाेजक तारा बहादुर कुँवरले हरेक हप्ता चक्रपथ सफाई अभियानमा सक्रिय भई लाग्नुभएका दिदीबहिनीलाई धन्यवाद् दिँदै सरसफाई अभियानलाई निरन्तरता दिने बताए । उनले भने, ‘राष्ट्रवादी चरित्र त सरसफाइ गरेर देखाउने हो । बोलेर होइन ।’ 

उनको विचारमा सहमत हुँदै अभियानका सह-संयोजक रमेश जम्कटेलले दिदीबहिनीको योगदानविना यो अभियान अपूर्ण र अधुरो हुने भन्दै तीजको अवसरमा सबैलाई शुभकामना व्यक्त गरे ।

 कार्यक्रममा सञ्चारकर्मी रुपा खड्काले देशमा बलात्कारका घटना बढिरहेको भन्दै सरसफाइ अभियान सँगसँगै हिंसामुक्त समाज निर्माणमा ऐक्यवद्धता जनाउन आग्रह गरिन् । 

कार्यक्रममा उपस्थित दिदीबहिनीलाई मायाको चिनो र खादाले सम्मान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?