१५ तस्वीरमा हेर्नुहोस् बिम्सटेकमा भीभीआईपीको स्वागत

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक)को चौथो शिखर सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ । 

चौथो शिखर सम्मेलन भाग लिन बिहीबार मात्रै  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा काठमाडौं आइपुगेका थिए । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीको अवतरण लगत्तै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पनि अवतरण गरेका थिए । त्यसको केही समयपछि थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा काठमाडौं आइपुगेका थिए । 

तीनै देशका सरकार प्रमुखलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । यस्तै नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत पनि गरेको थियो ।

त्यस्तै बुधबार श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेना र भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक काठमाडौं आइपुगेका थिए । म्यान्मारका राष्ट्रपति विन मिन्त भने मंगलबार नै काठमाडौं आएका थिए । उनले लुम्बिनीको समेत भ्रमण गरिसकेका छन् । 

प्रधानमन्त्री एवं बिम्सटेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुकले भाग लिने छन् ।

सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भाग लिने छन् । 
त्यस्तै शिखर बैठकको प्रारम्भसँगै अध्यक्ष ओलीपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमअनुसार सम्बोधन गर्ने छन् । 

काठमाडौं घोषणापत्र जारी गर्दै भोलि (शुक्रबार) अपराह्न शिखर सम्मेलन समापन हुनेछ । सम्मेलन समाप्तिसँगै बिम्स्टेकको अध्यक्षता श्रीलङ्काले गर्ने छ । 

तस्वीरः रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?