पूर्वयुवराज पारस शाहले भेटे राप्रपाका शीर्ष नेता

काठमाडौं । पूर्वयुवराज पारस शाहले राप्रपाका नेताहरुलाई भेटघाट गरेका छन् ।

उनले गएराति राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीका युवा नेताहरुलाई एकसाथ भेटेका हुन् ।

भेटमा राजतन्त्र फर्काउने बारेमा केन्द्रीत हुनुका साथै मिलेर अघि बढ्न पारसले सुझाव दिएको स्रोतले बतायो ।

झण्डै चाढे चारघण्टा भएको भेटवार्तामा पूर्व युवराज पारसले राष्ट्रियता कमजोर बन्दै गएको तथा समाजमा महिला तथा बालबालिकामाथि हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए । 

झण्डै चाढे चार घण्टा भएको भेटवार्तामा पूर्वयुवराज पारसले राष्ट्रियता कमजोर बन्दै गएको तथा समाजमा महिला तथा बालबालिकामाथि हिंसा बढ्दै गएकोमा चिन्ता समेत व्यक्त गरे ।

गएको चैतको पहिलो साता पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका नेताहरुलाई भेटेका थिए । त्यसपछि पारसले पनि नेताहरुलाई भेटेका हुन् । भेट राजधानीको नक्सालस्थित एक होटलमा भएको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?