प्रधानमन्त्रीद्वारा प्याराग्लाइडिङ खेलाडीलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले एशियाली खेलकूद (एशियाड) मा रजत पदक जित्न सफल नेपाली प्याराग्लाइडिङ खेलाडीलाई बधाई ज्ञापन गरेका छन्।

प्रधानमन्त्री ओलीले आज साँझ ट्वीटमार्फत पदक विजेता टोलीलाई बधाई दिएका हुन् । इण्डोनेसियामा जारी १८ आँै संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत पदक हात पारेको हो । एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?