प्रधानमन्त्री ओली र भुटानी सरकार प्रमुख वाङचुकबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भुटानका अन्तरिम सरकार प्रमुख सल्लाहकार दासु छिरिङ वाङचुकबीच भेटवार्ता भएको छ । 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) को चौथो शिखर सम्मेलनमा भाग लिन आएका वाङचुकले बुधबार दिउँसो प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । 

भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार वाङचुक बुधबार विहान काठमाडौं आएका थिए । 

भुटानका प्रधानन्यायाधीशसमेत रहेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?