श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना काठमाडौंमा

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन बुधबार दिउँसो श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना काठमाडौं आइपुगेका छन् ।

बुधबार दिउँसो ३ बजे श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपाल आइपुगेका हुन् । भीभीआइपी पाहुनाको आगमनको समयमा आधा घण्टा विमानस्थलको नियमित उडान बन्द रहनेछ ।

उनलई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । राष्ट्रपति सिरिसेना नेपाल भ्रमणका क्रममा लुम्बिनी जाने पनि कार्यक्रम रहेको छ ।

सअघि बुधबार बिहान भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक काठमाडौं आइपुगेका छन् । त्यस्तै मंलबार म्यानमारका राष्ट्रपति मिन्ट पनि काठमाडौं आइपुगेका छन् ।

बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुध चान ओ चा आउनेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?