काठमाडौं । राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका सभापतिले सपथ ग्रहण गरेका छन् ।
विषयगत समितिमा आज बसेको बैठकमा सभापतिहरुको निर्विरोध चयन भएका थिए ।
बुधबार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग राष्ट्रिय सरोकार तथा समन्वय समितिका दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण बिडारीले सपथ ग्रहण गरेका हुन् ।
दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको उम्मेदवारी नपरेका कारण उक्त समितिको सभापतिको निर्वाचन दलीय सहमतिका आधारमा केही समयपछि हुने राष्ट्रियसभा सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया