म्यानमारका राष्ट्रपति मिन्ट लुम्बिनीमा

काठमाडौं । म्यानमारका राष्ट्रपति विन मिन्ट सिद्धार्थ गौतम बुद्ध जन्मस्थल लुम्बिनी पूगेका छन् । 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयाास (बिम्सटेक) को चौथो बैठकमा सहभागी हुन मंगलबार काठमाडौं आएका राष्ट्रपति मिन्ट बुधबार लुम्बिनीको दर्शन गर्न गएका हुन् । 

राष्ट्रपति मिन्टलाई प्रदेश ५ का प्रदेश प्रमुखद उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, लुम्बिनी विकास कोषका उपाध्यक्ष अबधेस त्रिपाठी लगायतले स्वागत गरेका छन् ।

बिमस्टेकमा सहभागी हुन अन्य देशका प्रमुखहरू आउने क्रम पनि जारी छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?