आज नियम विपरीत सवारी चलाउनेलाई ५ सय रुपैयाँ जरिवाना

काठमाडौं । बिम्सटेक सम्मेलनमा ट्राफिक व्यवस्थापन सहज बनाउन काठमाडौं उपत्यकाका सबै सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली लागू  भएको छ। 

निजी तथा सार्वजनिक सवारी साधनमा मात्र नभएर मोटरसाइकलमा समेत यो नियम लागू हुने भएको हो । 

नियम अनुसार आज विजोर सवारी साधन मात्र चल्न पाउने छन् भने भोली जोर मात्र । अत्यावश्यक बाहेकका सवारी साधनमा यो नियम लागू हुनेछ। 

नियम नमानी सवारी चलाएमा दिनभर ट्राफिक प्रहरीले नियन्त्रणमा लिने र ५ सय रुपैयाँ जरिवाना लिइने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?