काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र, चितवनका कार्यालय सहयोगी कृष्णबहादुर सुवेदीलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।
विद्युत प्रशारण लाइनको पोल मर्मत कार्य गर्ने सिलसिलामा सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उनलाई बीस हजार घुस सहित पक्राउ गरेको हो ।
भरतपुर महानगरपालिका– ७ मर्स्यांङी टोलमा रहेको जीवनज्योती मिनरलवाटर एण्ड बेभरेज ईन्डष्ट्रिजबाट उनलाई नियन्त्रणमा लिइ अनुसन्धान कार्य भइरहेको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया