ललितपुर महानगरले ल्यायाे ६ अर्ब ३५ करोड ३५ लाखकाे बजेट

लोकपथ
28
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८०काे लागि ६ अर्ब ३५ करोड ३५ लाखकाे बजेट ल्याएको छ । मेयर चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०७९/०८०का लागि नगरसभामा बजेट प्रस्तुत गरेका हुन्।

ललितपुर महानगरपालिकाले ‘डा.सत्यमोहन जोशी एकेडेमी’ स्थापना गर्ने र नगरपालिका क्षेत्रभित्र सामुदायिक पुस्तकालय स्थापनामा जोड दिँदै संघसंस्थाको सहकार्यमा एकेडेमी खोल्ने घोषणा गरेकाे छ । त्यस्तै बालकुमारीस्थित पर्यटकीय बसपार्क सञ्चालनमा ल्याउने भएको छ।

ललितपुर महानगरपालिकाले महानगर क्षेत्र भित्रको जग्गा र बागमती करिडोर क्षेत्रको पुनः नापी गर्ने भएको छ भने कल सेन्टरसमेत सञ्चालनमा ल्याउने भएको छ । यस विषयलाई बजेटमा पनि समावेश गरिएकाे छ ।

यस्तै महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडकहरु कम्तीमा २ वर्षसम्म खन्न स्वीकृति नदिने भएकाे छ। साथै उपभोक्ता समितिबाट निर्माण कार्य गराउँदा विश्व सम्पदा सूचीकाबाहेक अन्य सबै योजनामा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने नीतिमा लिएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?