काठमाडौं । नयाँ पार्टी घोषणा गरेका रवी लामिछानेले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
मंगलबार अपरान्ह आयोग पुगेका लामिछानेले आफू सभापति रहनेगरी पार्टी दर्ता गराएका हुन् । त्यसैगरी उनको पार्टीमा अन्य १९ जना सदस्यहरु रहेको र दर्तापछि मात्रै त्यसको खुलासा गर्ने बताएका छन् ।
मंगलबार दिँउसो राष्ट्रिय सभागृहमा नयाँ पार्टी घोषणा गरेका लामिछानेले दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी दिएका छन् । भने उनको निर्वाचन चिह्न घण्ट राखेका छन् । आफूहरुले भ्रष्ट्राचारीलाई सचेत गराउनका लागि घण्ट निर्वाचन चिह्न राखेको प्रतिक्रिया दिएका छन् ।
आज नै बसुन्धरामा पार्टी कार्यालयको उद्घाटन गरिने समेत लामिछानेले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया