रवी लामिछानेले भने : ‘म कुनै पनि राजनीतिक दलमा प्रवेश गर्दिन’

लोकपथ
49
Shares

काठमाडौं । पूर्व सञ्चारकर्मी रवी लामिछानेले आफू व्यवस्था नभइ जनताको अवस्था परिवर्तनको लागि राजनीतिमा आएको बताएका छन् ।

आज राष्ट्रिय सभामा राजनीतिक यात्राबारे घोषणा कार्यक्रममा बोल्दै लामिछानेले सो कुरा बताएका हुन् ।

आफू टेलिभिजनको पर्दामा बसेर प्रश्न गर्दा आम मान्छेको समस्या बुझेको कारण आफू आम मान्छेको समस्या समाधानका लागि राजनीतिमा आएको समेत बताए ।

‘म व्यवस्था परिवर्तन गर्न आएको होइन । मलाई आम मान्छेको अवस्था बदल्नुछ । आम मान्छेको समस्याहरुको कारण म राजनीतिमा आएको हुँ ।’ लामिछानेले भने, ‘यो देशमा भएका कुनै पनि राजनीतिक दलमा प्रवेश गर्दिन ।’

त्यसैगरी उनले आफूहरुले राष्ट्रिय स्वतन्त्र पार्टी पार्टी निर्माण राखेको समेत बताए । उनले सो कार्यक्रम मार्फत उक्त नाम सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?