‘छमछमी तीजमा नाच्छु बरिलै’ बजारमा (भिडियो)

काठमाडौं । चर्चित मोडल तथा कलाकार नितु कोइरालाको  तिजको कोशेली 'छमछमी तीजमा नाच्छु बरिलै' सार्वजनिक भएको छ । 

मोडल तथा कलाकार कोइरालाले पहिलोपटक आफैले गाएको गीत विमल गौतमको शव्द तथा लयमा तयार भएको हो ।  साइराम पिक्चर्सको प्रस्तुतिमा तयार पारिएको गीत राजु केसीले छायांकन गरेका हुन् । 

उक्त गीतको भिडियो  मोडल दिपासा बिसीको निर्देशनमा छ । म्युजिक भिडियोमा नितु कोइराला र प्रिया रिजालले अभिनय गरेका छन् । 

यो म्युजिक भिडियो राजु केसी र शमशेर श्रेष्ठले निर्माण गरेका हुन् भने अनिल रानाले सम्पादन गरेका हुन् । तीजमा छमछमी नाच्न राम्रो गीत कुरेर बसेकाहरुको लागि यो गित खुराकी हुने मोडल तथा कलाकार नितु कोइरालाको विश्वास छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?