करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते

नुवाकोट । जिल्लाको लिखु गाउँपालिका–१ शान्तिबजारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 
करेन्ट लागेर लिखु–१ शान्ति बजारकी २३ वर्षीया तुलसा अधिकारीको मृत्यु भएको हो । 

आज बिहान साढे ६ बजे विजुलीको पोल ढल्केर लत्रिएको तारमुनिबाट हिँड्ने क्रममा करेन्ट लागेर बेहोस भएकी थिइन् ।  उपचारका लागि विदुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

त्यसतै लिखु–१ शान्ति बजारकै ५५ वर्षीय लालप्रसाद लामिछाने र आफन्तको घरमा आएकी बेलकोटगढी नपा–१२ मदानपुरकी १९ वर्षीया सदीक्षा पौडेल घाइते भएका छन् । 
उनीहरूलाई विदुरस्थित नुवाकोट सिटी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौंँ पठाइएको छ । 

गए राति बाढीले जमीन कटान गरेकाले खोला छेउमा गाडिएको ३३ केबी प्रसारण लाइनको पोल मानिस हिँड्ने बाटोतर्फ ढल्किएर लत्रिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?