हालै खुलेका जीवन बिमा कम्पनीमध्ये रिलायवल लार्इफको नाफा बढि

काठमाडाैं : पछिल्लो पटक खुलेका नयाँ जीवन बीमा कम्पनीहरूमध्ये रिलायवल नेपाल लार्इफ र्इन्स्योरेन्स नाफामा अब्बल देखिएको छ । 

गत अार्थिक बर्षमा यी कम्पनीहरूले गरेको खुद नाफा विश्लेषण गर्दा रिलायबलले अन्य ९ वटा नयाँ जीवन बीमा कम्पनीभन्दा धेरै खुद नाफा गरेको छ । 

रिलायबलले असार मसान्तसम्ममा १२ करोड ७८ लाख रूपैयाँ खुद नाफा गरेको वित्तीय विवरण प्रकाशित गरेको छ । यस्तै, ज्योति लार्इफले १० करोड ९० लाख रूपैयाँ, सिटिजन लार्इफ र्इन्स्योरेन्सले १० करोड ८६ लाख रूपैयाँ र अार्इएमर्इ लार्इफले ९ करोड ८६ लाख रूपैयाँ खुद नाफा गरेको देखिएको छ । 

गत एक अार्थिक बर्षको अवधिमा युनियन लाइफले ९ करोड ३५ लाख रूपैयाँ नाफा कमाएको छ भने रिलायन्स लार्इफले ७ करोड ९९ लाख, सानिमा लार्इफले ६ करोड ३३ लाख रूपैयाँ नाफा अार्जन गरेको छ । 

प्रभु लार्इफ र्इन्स्योरेन्सको खुद नाफा नयाँ जीवन बीमा कम्पनी मध्ये सवैभन्दा कम छ । यो कम्पनीले जम्माजम्मी ५ करोड ३५ लाख रूपैयाँमात्र खुद नाफा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?