एसपीपीबारे बोले गगन थापा

लोकपथ
847
Shares

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे तत्काल संसदलाई जानकारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल एमालेसहितका सांसदहरुले अमेरिकी सो प्रोग्रामबारे गम्भीर प्रश्न उठाईरहेका बेला सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री थापाले तत्काल संसदमा उभिएर त्यसको जवाफ दिन रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवासँग माग गरेका हुन् । बुधबार प्रतिनिधिसभा बैठकमा समय माग गरेर बोल्दै उनले एसपीपी प्रोग्राम केपी ओली नेतृत्वको अघिल्लो सरकारले अघि बढाएको भन्ने कुरा समेत आईरहेको उल्लेख गर्दै त्यसबारे सत्य कुरा के हो ? सरकारले तत्काल संसदमा जानकारी गराउनुपर्ने बताए । महामन्त्री थापाले सो प्रोगाम पूर्ववर्ती रक्षामन्त्रीहरुले अगाडि बढाएको हो कि भन्ने आशंका पनि व्यक्त गरे । उनले भने, ‘केही दिनदेखि संसदको समितिमा, संसदको बैठकमा विभिन्न माननीयज्यूहरुले खासगरिकन प्रमुख प्रतिपक्ष दलको तर्फबाट एसपीपी सम्झौंताको बारेमा गम्भिर विषयहरु उठाई राख्नु भएको छ । यो विषय सरकारसँग सम्बन्धित छ । रक्षामन्त्रीको पनि जिम्मेवारी सम्माननीय प्रधानमन्त्रीजीले सम्हाल्नु भएको हुँदा संसदमा यतिको विषय उठिसकेपछि रक्षामन्त्रीको पनि जिम्मेवारुी सम्हाल्नु भएका प्रधानमन्त्री स्वयम्ले संसदमा उभिएर तत्काल यसको बारेमा आफ्नो विचार राख्नु पर्छ । आफ्नो धारणा प्रष्ट गर्नु पर्छ । यो सम्झौंता के हो ? कसेको पालामा सुरु भयो ? कहाँबाट आयो ? हामी बाहिर छापाहरुमा पढिरहेका छौं–यो १० बूँदा । एउटा पक्ष भन्छ–यो असत्य हो । त्यस्तो कुनै बूँदा छैन । सेनाको प्रवक्ता भन्नु हुन्छ–आजसम्म हामीले त्यसबारे कुनै पनि थाहा पाएका छैनौं । समाचारहरु प्रशस्त आईरहेका छन । नेशनल गार्डको वेबसाईट हामीले हे¥र्यौ भने २०१९ तिर पूर्ववर्ती सरकारको पालमा यो प्रस्तावको बारेमा त्यो बेलानै आएको कतै भनिएको छ । पूर्ववर्ती रक्षामन्त्रीहरुले यसलाई सकारात्मक भएर अगाडि बढाएको भन्ने समाचारहरु पनि केही पढन पाईन्छ । यस्ता कुराहरु आईसकेपछि सरकारले तत्काल यहाँ उभिएर आफ्नो आधिकारिक धारणा प्रष्टसँग राख्नुपर्छ ।’

महामन्त्री थापाले नेपाली सेनाको प्रवक्ताले भने सो प्रोग्रामबारे आफूहरुलाई कुनै जानकारी नभएको बताएको उल्लेख गर्दै सत्य के हो ? संसदले जानकारी पाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?