सञ्चारकर्मी हरिशरण लामिछानेद्वारा संसदीय निर्वाचन लड्ने घोषणा

लोकपथ
154
Shares

काठमाडौं । सञ्चारकर्मी हरिशरण लामिछानेले संघीय संसदको निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेका छन ।

पत्रकार रवि लामिछानेका सहोदर दाईसमेत रहेका सञ्चारकर्मी लामिछानेले सो उम्मेदवारका बारेमा औपचारिक घोषणा केही समयमा नै गर्नेसमेत जनाएका छन्।

‘३ दशक भन्दा लामो संचारकर्मको परिस्कृत अनुभवबाट मेरो अन्तस्करणले मलाई सिंहदरबारबाट बाहिरिएर देश र जनताको सेवामा फरक भूमिकामा पेश हुन थप प्रेरित गरेको छ,’ सञ्चारकर्मी लामिछानेले भनेका छन्, ‘परिवर्तन सम्भव छ भन्ने मान्यतासहित आगामी संसदीय निर्वचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छु, सबैको साथ र समर्थनमा यो अभियानमा होमिने छु ।’

विस्तृत कार्ययोजना र उम्मेद्बारीको औचित्यबारे समयक्रममा औपचारिक घोषणा हुने उनले जनाएका छन ।

भक्तपुर नगरकोटका स्थायी बासिन्दा लामिछाने निर्वाचन क्षेत्र भने घोषणा गरिसकेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?