फोहोर व्यवस्थापनका लागि मध्यरातमा के-के भयो सहमति ? (पत्रसहित)

लोकपथ
119
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका बारेमा मध्यरातमा १८ बुँदे सहमति भएको छ ।

काठमाडौंको फोहोर राति मात्रै व्यवस्थापन गर्नेदेखि प्रभावित क्षेत्रका बासिन्दालाई क्षतिपूर्ति दिनेलगायत सम्झौता भएपछि शुक्रबारदेखि अवरोध नहुने समेत भएको छ ।

काठमाडौं महानगरपालिकाबाट बन्चरे डाँडा कुडुँलेलेसम्म फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीन रुपमा रातिको समयमा गर्ने, रातिको समयमा आवाश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तथा व्यवस्थापन महानगरपालिकाले तीन महिनाभित्र गर्ने’ सहमतिपत्रमा उल्लेख छ, ‘सिसडोल तथा बन्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्नेलगायत सहमति भएकाे छ ।

सहमतिपत्रअनुसार फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र मिलाउने जिम्मेवारी महानगरपालिकालाई दिइएको छ ।

प्रभावित क्षेत्र आवतजावत गर्ने तीन पिप्ले गल्छी वैकल्पिक राजमार्गको लागि नेपाल सरकारसँग अनुरोध गर्नेदेखि तीनपिप्लेदेखि बन्चरे डाँडासम्मको फोहोर ढुवानी गर्ने सडकको नाममा जग्गाको लागत कायम गर्न पहल गर्नेलगायत १८ बुँदे सहमति भएपछि काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठ्ने भएको हो ।

सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिका १ नम्करका वडा अध्यक्ष पदम बहादुर श्रेष्ठ बलामी, तिलकबहादुर लामासहित धुनीवेसी नगरपालिकाका वडा अध्यक्षहरु श्रीमानबहादुर तामाङ, प्रकाश हमाललगायतल हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?