महानगरबासीलाई मेयर शाहको आग्रह : ‘कुहिने र नकुहिने फोहोरलाई छुट्टयाएर राख्नुहोस्’

लोकपथ
91
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै राख्नका लागि महानगरबासीमा आग्रह गरेका छन् ।

मेयर शाहले फोहोर व्यवस्थापनका लागि महानगरपालिकाले मात्रै पहल गरेर नहुने बताउँदै उनले कोठा, घर तथा कार्यालय निस्किने फोहोर छुट्याइदिन आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै मेहर शाहले कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिएमा व्यवस्थापनमा सहयोग हुने बताउँदै सो आग्रह गरेका हुन् ।

‘समाधान तपाईहरुको साथबिना सम्भव हुदैन । यसैले हामी आग्रह गर्छौँ कि अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर निस्किउन् । कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाण्डौँमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन । अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौँ, तपाईहरुले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पुरा गरिदिनु हुनेछ ।’ मेहर शाहले भनेका छन् ।

त्यसैगरी सोमबार शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र स्थानीय जनप्रतिनिधिह?को सहमति अनुसार फोहोर व्यवस्थापन हुन लागेकोप्रति खुशी व्यक्त गर्दै मेहर शाहले लामो फोहोर उठ्नुमात्रै समाधान नभएको र यसको दीर्घकालिन समाधान खोजिने समेत बताएका छन् ।

‘अब फोहोर उठ्नेछ । यो सबैको लागि निसन्देहस् खुसीको खबर हो । अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुखका लागि क्षमाप्रार्थी छौँ । साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुख दिदा र अफ्ठ्यारोमा पारिरहदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ । तर फोहोर उठ्नु मात्रै यसको समाधान होइन ।’ उनले भनेका छन्, ‘अब अझै धेरै गर्न बाँकी कुरा रहन्छ । हामी फोहोरको दीर्घकालिन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्यालेर वा थुपारेर हुदैन ।’

स्थानीयले आफ्नो माग पूरा नभएको भन्दै नुवाकोटको सिसडोलस्थित बञ्चरेडाँडामा फोहोर व्यवस्थापनमा अवरोध पुर्याइरहेका छन् । यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै आक्रोशित स्थानीयले अवरोध पुर्यापछि त्यसको समाधान खोज्न सोमबार सहमति भएको थियो । शहरी विकास मन्त्रालय, काठमाडौं महागनरपालिका र स्थानीय जनप्रतिनिधिहरुबीच सहमति भएर आजबाट फोहोर उठाउने सहमति भएको थियो । तर स्थानीयले आज पनि अवरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?