सभामुख सापकोटा र डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

लोकपथ
42
Shares

काठमाडौं । संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेको डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ ।

संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा आज भएको भेटमा सभामुख सापकोटाले नेपाल र डेनमार्कबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्षमा दुई देशबीचको सम्बन्ध सुमधुर रहेको बताए। उनले शिक्षा, उर्जा, सुशासन र विकेन्द्रिकरणको क्षेत्रमा डेनमार्कले गरेको सहयोगका लागि डेनिस सरकार र जनतालाई धन्यवाद ज्ञापन गरे ।

सभामुख सापकोटाले डेनमार्क सुशासनका लागि चर्चित र स्थापित रहेको चर्चा गर्दै यसबाट नेपालले पनि सिक्न चाहेको बताए। ‘राजनीतिक, भाषिक, सांस्कृतिक हिसाबले छिमेकीसँग राम्रो सम्बन्ध राख्न सफल डेनमार्कका सकारात्मक कुराहरु हामी सिक्न चाहन्छौं’ उनले भने।

नेपालका राजनीतिक दलसँग सहकार्य गर्ने प्रतिनिधिमण्डलको प्रस्ताव सकारात्मक रहेको बताउँदै सभामुख सापकोटाले दुई देशबीच जनताको तहसम्म सम्बन्ध विस्तार गर्नु पर्नेमा जोड दिए । उनले सुशासन, जलवायु परिवर्तन, व्यापार र पर्यटनका क्षेत्रमा सककार्यको सम्भावना औंल्याउँदै नेपालको विकासमा डेनमार्कको सहयोग रहने विश्वास व्यक्त गरे ।

भेटमा प्रतिनिधिमण्डलका प्रमुख ‘डेनिस इस्टिच्युट फर पार्टीज एण्ड डेमोक्रेसी’ (डि आइ पि डि) का कार्यकारी निर्देशक Lisbeth Pilegaard ले आफ्नो टिमसँग छलफलको समयका लागि आभार व्यक्त गरे। उनले डेनमार्कको संसदको संस्था डि आइ पि डिले लोकतन्त्र र राजनीतिक दलहरुसँग सहकार्य गर्दै आएको र नेपालमा बताए। उनले डिआइपिडिले नेपालका राजनीतिक दलहरुसँग सहकार्य गर्न चाहेको बताउँदै जलवायु परिवर्तनको विषयमा सहकार्यका लागि छलफल गर्ने जानकारी दिए। समुन्द्रले घेरिएको देश डेनमार्कका नागरिक हिमालले घेरिएको नेपाल घुम्ने चाहना राख्ने गरेको उनको भनाई थियो ।

प्रतिनिधिमण्डमा सहभागि डेनमार्कको सोसल लिबरल पार्टीकि नेतृ Lisbeth Pilegaard ले डेनमार्क नेपालका युवाहरुसँग काम गर्न इच्छुक रहेको बताइन्। प्रतिनिधिमण्डलमा (डि आइ पि डि) का कार्यकारी निर्देशक Lisbeth Pilegaard, सोसल लिबरल पार्टीकि नेतृ Lisbeth Pilegaard डिआइपिडका सहयोग र विकास प्रमुख Mathias Parsbaek Skibdal नेपाल प्रनिनिधि शृष्टि राणा सहभागि रहेका थिए । भेट अघि प्रतिनिधि मण्डलले संघीय संसद भवनमा सभा सञ्चालनको अवलोकन समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?